क्यान्सर पीडित शेर्पालाई सिटी एक्सप्रेसले हस्तान्तरण गर्यो २ लाख १० हजार

<p>काठमाडौँ । स्तन क्यान्सर पीडित डोल्मा शेर्पाको लागि इराकमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित, भोटेकोशी गाउँपालिका, ०५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । इराकमा [&hellip;]</p>


काठमाडौँ । स्तन क्यान्सर पीडित डोल्मा शेर्पाको लागि इराकमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।

इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित, भोटेकोशी गाउँपालिका, ०५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो ।

इराकमा संकलन भएको रु १ लाख ९६ हजार ९६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसका अधिकारिक एजेन्ट अलताईफ मार्फत प्राप्त भई ररु. १३,०३६ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट थप गरी एकमुष्टरु २ लाख १० हजार सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्तान्तरण गरे ।

Share News