गंगालाल अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बूलाई

<p>काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूले पाएका छन् । पुर्व निर्देशक डा. जितेन्द्र शर्माको ४ बर्षको कार्यकाल साउन २६ गते शनिबार सिद्दिएको हो। उनको कार्यकाल सिद्दिएको लगत्तै डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिईएको हो। आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले उपप्रधानमन्त्रीस्तरीय निर्णय गर्दै [&hellip;]</p>

काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूले पाएका छन् ।

पुर्व निर्देशक डा. जितेन्द्र शर्माको ४ बर्षको कार्यकाल साउन २६ गते शनिबार सिद्दिएको हो। उनको कार्यकाल सिद्दिएको लगत्तै डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिईएको हो।

आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले उपप्रधानमन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्मको लागि कार्यअधिकार सहित डा लिम्बूलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

Share News