एनआईसी एशियाका ग्राहकलाई मर्सी सिटी हस्पिटलमा १० प्रतिशत छुट

<p>काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मर्सी सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सम्झौता भएको छ । एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मर्सी सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सम्झौता भएको छ ।

एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र मर्सी सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Share News