गाडी र बाइकको इञ्जिन सफा गर्ने ‘एचएच ओ कार्वन क्लिनर’ नाडा अटो शोमा

<p>काठमाडौ । अब सडकमा गुड्ने बाइक र गाडीहरुले कालो धुवा फ्याक्ने समस्याबाट सवारीसाधन प्रयोगकर्ताले मुक्ति पाउने भएका छन् । इन्जिनको समस्यालाई लक्षित गरेर ‘एचएच ओ कार्वन क्लिनर’ नेपाल भित्रिएको छ । क्याटालाइसिस अटो कम्पनीले ‘एचएच ओ कार्वन क्लिनर नेपाल भित्र्याएको छ । ‘एचएच ओ कार्वन क्लिनर’ ले गाडी र बाइकको कालो धुवा फ्याक्ने समस्याको समाधान [&hellip;]</p>

काठमाडौ । अब सडकमा गुड्ने बाइक र गाडीहरुले कालो धुवा फ्याक्ने समस्याबाट सवारीसाधन प्रयोगकर्ताले मुक्ति पाउने भएका छन् । इन्जिनको समस्यालाई लक्षित गरेर ‘एचएच ओ कार्वन क्लिनर’ नेपाल भित्रिएको छ । क्याटालाइसिस अटो कम्पनीले ‘एचएच ओ कार्वन क्लिनर नेपाल भित्र्याएको छ । ‘एचएच ओ कार्वन क्लिनर’ ले गाडी र बाइकको कालो धुवा फ्याक्ने समस्याको समाधान गर्ने भएको छ ।

‘नाडा अटो शो’ को विषेश अवसर पारेर ल्याएका अनेकौ नौला प्रविधि मध्ये सो क्लिनर ग्राहकहरुको रोजाईमा परेको पाइएको हो । ‘गाडीको मुख्य पार्टसको रुपमा इन्जिनलाई नै बुझ्नु पर्छ । गाडी विक्रेताहरुले पनि गाडी वा बाइकको प्रयोगकर्तलाई इन्जिनको ख्यान राख्न सल्लाह दिहिरहेका हुन्छन ।

एचएच ओ कार्वन क्लिनर मेसीनमा हुन्छ, हाइड्रोजन ग्यास हुने र त्यो ग्याँसले सवारीसाधनको इन्जिनलाई सफा गरि बलियो बनाउने छ । क्याटालाइसिस अटो कम्पनीका म्यानेजर खेम केसीले एचएच ओ कार्वन क्लिनर मेसीनले अक्सि हाइड्रोजन ग्यासको उत्पादन गर्ने र त्यसले इन्जिनलाई सफा गर्ने बताउछन् । यो प्रविधिको प्रयोग पछि सवारीसाधनको इन्जिन बनाउन नपर्ने र माइलेज पनि बढि दिने कम्पनीको दाबी रहेको छ । डिजेल र पेट्रोलका सबै प्रकारका सवारीसाधनहरुको इन्जिन यसले सफा गर्दछ । बाइक, गाडी र बसका लागि ग्राहकले मेसिनको प्रयोग गर्न सक्छन् । मिसिनको मूल्य भने १४ लाख रुपैयाँ कम्पनीले तेकेको केसीले बताए ।

सिङ्गल क्लिन र डबल क्लिनमा मिसिनका नेपाली बजारमा उपलब्ध छ । सवारी साफ गर्ने प्रविधि अमेरीकाको हो यसको उत्पादन चीनले गर्दै आएको छ । यस मेसिनले इन्जिनको सुरक्षा गर्दछ । गाडी वा बाइकको इन्जिनले कालो धुवा फाल्ने समस्याबाट हैरान भएका ग्राहकहरुको लागि यो उपयोगि हुने कम्पनीले बताएको छ । किनभने उक्त मिसिनको प्रयोग पश्चात मिसिनले कालो धुवा फाल्दैन ।  कार्वन क्लिन गर्दा कार र गाडीहरुको ५ हजार ५ सय र मोटरसाइकलको लागि १ हजार रुपैयाँ लाग्ने छ ।

विक्रेता कम्पनीले बजारमा आफूहरुको राम्रो प्रभाव परेको र सवारीसाधन प्रयोगकर्ताले उत्साका साथ प्रयोग गरेको बताएको छ ।  हालसम्म ८ सय भन्दा माथि मिसिन बिक्री भइसकेको कम्पनीले जनाएको छ । कम्पनील नेपाल भित्रीएको ८ महिना भएको छ । मिसिन पार्सियर्लीमा खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने पाइएको छ ।

कहाँ कहाँ पाइन्छ ?
जिनियस अटो केयर नक्खु (एनसेलको कार्यालय नजिकै) देवी अटो केयर शंखमुल दोभान पुल, जयदुर्गा अटो सानो ठिमी, (भक्तपुर), जयदेव ट्रेडीङ्ग ग्वार्को, ललितपुर, किरण अटो वर्कसप पुरानो बानेश्वर, गुड अटो मोवाइल्स प्राईभेट लिमिटेड धुम्बाराही (पिपलबोट), भक्तपुर अटो वर्कसप सल्लाघारी (भक्तपुर) र गण्डकी इको टेक प्राईभेट लिमिटेड रहेका छन् । नाडा अटो शोको २ दिनमा नै २ सय जनाभन्दा बढीले अवलोकन गरि सकेको कम्पनीले जानकारी दिएको छ । अवलोकन कर्ताको चासो खरिदमा भन्दा बढी सर्भिसकालागि भएको कम्पनीको अनुभव छ ।

 

Share News