हेपाटाईटिस बि नियन्त्रणमा उपलब्धी हाँसिल गरेकोमा नेपाल सम्मानित

<p>काठमाडौं।  हेपाटाईटिस बि नियन्त्रणमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सम्मान गरेको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा नेपालको तर्फबाट उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मंगलबार सम्मान गरिएको हो। नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल [&hellip;]</p>

काठमाडौं।  हेपाटाईटिस बि नियन्त्रणमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सम्मान गरेको छ।

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा नेपालको तर्फबाट उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मंगलबार सम्मान गरिएको हो।

नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल हुँदै विश्व स्वास्थ्य संगठनबाट प्रमाणपत्र पाइसकेको छ।

संगठनले विभिन्न विधामा जनस्वास्थ्यमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेकोमा नेपाल सहित अन्य ५ मुलुकलाई सम्मान गरेको छ। सम्मान हुने अन्य ५ मुलुकमा बंगलादेश, भुटान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलंका परेका छन्।

Share News