चितवन मेडिकल कलेजले एक हजार गरिबकाे निःशुल्क डेंगु परीक्षण गर्ने

<p>काठमाडौं । महामारीको रुप लिदै गरेको डेंगुको परीक्षण चितवन मेडिकल कलेजले निःशुल्क गर्ने भएको छ । भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधमा ध्यान राख्दै चितवन मेडिकल कलेजले भोलीदेखि निःशुल्क रुपमा डेंगु परीक्षण गर्ने भएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी गराए । कलेजको समाजिक उत्तरदायित्व अन्र्तगत विपन्न तथा गरिबका लागि भन्दै सरकारको डेंगु नियन्त्रण [&hellip;]</p>

काठमाडौं । महामारीको रुप लिदै गरेको डेंगुको परीक्षण चितवन मेडिकल कलेजले निःशुल्क गर्ने भएको छ । भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधमा ध्यान राख्दै चितवन मेडिकल कलेजले भोलीदेखि निःशुल्क रुपमा डेंगु परीक्षण गर्ने भएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी गराए ।

कलेजको समाजिक उत्तरदायित्व अन्र्तगत विपन्न तथा गरिबका लागि भन्दै सरकारको डेंगु नियन्त्रण अभियानमा सहयोग पुराउन १ हजार जनाको निःशुल्क डेंगु परीक्षण गर्ने कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा. हरिश्चन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

हामीले मेडिकल सिटि चितवनमा विगतदेखि नै हाम्रो सामाजिक अभियान अन्र्तगत विविध कार्यक्रम गर्दै आएको छौँ उनले भने, अहिले देशैभर डेगुको प्रकोप छ, यहि अवस्थामा स्थानीय सरकारलाई समेत सहयोग पुर्याउने लक्ष्यले अभियान थालेको हौँ ।
त्यसैगरी, कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार भोली बिहिबार बिहान ८ बजेदेखि एक औपचारिक कार्यक्रमका विच डेंगु परीक्षण निःशुल्क गर्ने जानकारी गराए ।

Share News