सनराइज बैंकको १२ औँ वार्षिकोत्सव, सीईओ पौड्यालसहित १५० भन्दा बढीले गरे रक्तदान

<p>काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौको गैरीधारा स्थित प्रधान कार्यालयबाट कार्यक्रमको सुरुवात गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । बैंकले काँकडभिट्टा, लहान र बुटवल शाखामा पनि रक्तदान कार्यक्रम गरेको छ । बुधबार बैंकले [&hellip;]</p>


काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकले काठमाडौको गैरीधारा स्थित प्रधान कार्यालयबाट कार्यक्रमको सुरुवात गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

बैंकले काँकडभिट्टा, लहान र बुटवल शाखामा पनि रक्तदान कार्यक्रम गरेको छ । बुधबार बैंकले आयोजना गरेको कार्यक्रमहरुमा १५० भन्दा बढीले रक्तदान गरेका छन् ।

बैंकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

Share News