एनआईसी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

<p>काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी बैंकका ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले  हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी बैंकका ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले  हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

यस एनआइसी बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Share News