मस्तिष्कघात व्यवस्थापनबारे सयभन्दा बढी चिकित्सकबीच धुलिखेलमा छलफल

<p>काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले मस्तिष्क घात (स्ट्रोक)व्यवस्थापनका लागि १ सयभन्दा बढी चिकित्सकहरुसंग धुलिखेलमा छलफल गरेको छ । कात्तिक १ गते अस्पतालले ‘एक्युट स्ट्रोक केयर‘ विषयक अन्तत्र्रिmया कार्यक्रम गरेको हो । मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवम् ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट [&hellip;]</p>


काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले मस्तिष्क घात (स्ट्रोक)व्यवस्थापनका लागि १ सयभन्दा बढी चिकित्सकहरुसंग धुलिखेलमा छलफल गरेको छ । कात्तिक १ गते अस्पतालले ‘एक्युट स्ट्रोक केयर‘ विषयक अन्तत्र्रिmया कार्यक्रम गरेको हो ।

मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवम् ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने नेपाल मेडिसिटीको न्यूरोसाइन्स विभागका प्रमुख वरिष्ठ न्यूरोसर्जन डा. गोपालरमण शर्माले बताए ।

आकस्मिक उपचार आवश्यक पर्ने मस्तिष्कघात(स्ट्रोक) देखा परेपछि कति समयभित्र अस्पताल पुुर्याउने, कहाँ पुुर्याउने र के–कस्ता विषयमा ध्यान दिने लगायतका विषयलाई जनमानस सम्म पुुर्याउन आवश्यक रहेको नेपाल मेडिसिटी अस्पतालका प्रमुुख न्युरोलोजिष्ट डा.बाबुराम पोखरेलले बताए ।

उक्त कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. सञ्जय कार्की, रेडियोलोजी विभाग प्रमुख डा. रामकुमार घिमिरे, आइसियु प्रमुुख डा. दिप्तेश अर्याल, न्यूरो रजिस्ट्रार डा. प्रभाव उपाध्याय, भिजिटिङ न्यूूरो सर्जन डा.मनोज बोहोराले छलफल कार्यक्रममा प्रस्तुति दिएका थिए ।

काठमाण्डौ विश्वविद्यालयका मेडिकल साइन्स विद्यालयका डिन प्राडा राजेन्द्र कोजुको प्रमुुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Share News