डा.गोविन्द केसी कात्तिक १८ गतेबाट अनसन बस्ने

<p>काठमाडौ। चिकित्सक शिक्षाका सुधारको माग गर्दै आन्दोलरत डा. गोविन्द केसी कात्तिक १८ गते देखि अनसन बस्ने भएका छन्। असोज २७ बाट त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका डा.केसीले लगत्तै पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए आन्दोलन शुरू गर्ने घोषणा गरेका थिए। माग पुरा नभए कात्तिक १३ गतेबाट अनसन बस्न भनेका डा. केसीले तिहार र [&hellip;]</p>

काठमाडौ। चिकित्सक शिक्षाका सुधारको माग गर्दै आन्दोलरत डा. गोविन्द केसी कात्तिक १८ गते देखि अनसन बस्ने भएका छन्।

असोज २७ बाट त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका डा.केसीले लगत्तै पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए आन्दोलन शुरू गर्ने घोषणा गरेका थिए। माग पुरा नभए कात्तिक १३ गतेबाट अनसन बस्न भनेका डा. केसीले तिहार र छठ पर्वको कारण ५ दिन पछि सत्याग्रह आन्दोलन सुरु गर्न विज्ञप्ती मार्फत जनाएका हुन्।

सरकारले केसीसँग १० साउन २०७५ मा सम्झौता गरेको थियो। डा. केसीले आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने लगायतका ६ बुँदे माग अघि सारेका छन्। तर, उक्त सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको भन्दै केसीले आन्दोलनको चेतावनी दिएका हुन्।

डा. केसी यसअघि १६ पटक अनशन बसिसकेका छन्।

Share News