काठमाडाैंमा ‘मानव र पृथ्वीलाई पोषित गरौं’ भन्ने नारासहित अन्तर्राष्ट्रिय सम्मेलन

<p>काठमाडौं । पोषण सम्बन्धी चार दिनको अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्टको सम्मेलन काठमाडौंमा शुरु भएको छ । मानव र पृथ्वीलाई पोषित गरौं भन्ने नाराका साथ विश्वका ६१ देशको सहभागितामा उक्त कार्याक्रम भईरहेको छ । काठमाडौं स्थित होटेल याक एण्ड यतिमा सोमबार साँझ उद्घाटन भएको सो सम्मेलन संयुक्त राष्ट्र संघ र राष्ट्रिय योजना आयोगको सहकार्यमा [&hellip;]</p>

काठमाडौं । पोषण सम्बन्धी चार दिनको अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्टको सम्मेलन काठमाडौंमा शुरु भएको छ । मानव र पृथ्वीलाई पोषित गरौं भन्ने नाराका साथ विश्वका ६१ देशको सहभागितामा उक्त कार्याक्रम भईरहेको छ ।
काठमाडौं स्थित होटेल याक एण्ड यतिमा सोमबार साँझ उद्घाटन भएको सो सम्मेलन संयुक्त राष्ट्र संघ र राष्ट्रिय योजना आयोगको सहकार्यमा कात्तिक २१ गतेसम्म हुनेछ । सम्मेलनमा १२ सय जनाको सहभागिता रहेको सो सम्मेलनमा आइभोरीकोष्टका उपराष्ट्रिपति, राष्ट्रिय योजना आयोेजकका उपाध्यक्ष, संयुक्त राष्ट्र संघका उच्च पदाधिकारी तथा कार्यकारी निर्देशक उपस्थिति रहेको थियो ।

राष्ट्रिय योजना आयोगकी सदस्य डा.उषा झाले विश्व व्यापी रुपमा पोषणलाई विस्तार गरी कुपोषण हटाउनका लागि नेपालले आगामी दिनमा सरकारी, प्रदेश, स्थानिय स्तरमात्र नै जनचेतना तथा विभिन्न गैरसरकारी क्षेत्रसँगको सहकार्यमा काम अगाडी बढाउने बताईन् ।

पछिल्ला दिनमा सुशासन कायम गर्ने, खानेपानी तथा सरसफाइ, निरक्षरता उन्मुलन, कृषि क्षेत्रमा आधुनिकिकरण भित्रिएसँगै कुपोषणमा कम हुँदै जाने र यसका लागि सरकारी निकाय तथा गैरसरकारी एवंम स्थानिय तहसँगको सहकार्यमा पोषण युक्त राष्ट्रको नेपाल हुने समय नलाग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रोफेसर डा.पुष्पराज कडेलले बताए ।

सम्मेलनमा विशेषगरी कुपोषणको अन्त्य कसरी गर्ने भन्ने विषयमा आधारित रहि विश्वभरीका देशहरुले गर्दै आएको महत्वपूर्ण प्रयासको बारेमा छलफल भईरहेको छ । त्यस्तै आगामी वर्ष ‘वृद्धिका लागि पोषण’ टोकिया शिखर सम्मेलन जापानमा आयोजना हुने जानकारी दिएका छन् ।

Share News