हृदयरोग विशेषज्ञ डा. कपुरले नेपालका १५० व्यक्तिलाई हृदयरोग अधिवक्ताको तालिम दिने

<p>काठमाडौं। एकजना व्यक्ति हृदयरोगको बारेमा जानकारी भए उनले ५ अन्य व्यक्तिलाई यसबारे बताउन सक्छ। यसरी जब एकले अर्का व्यक्तिलाई हृदयरोगको बारेमा जागरुक बनाउँछ तब यसले रोग ५ देखि ६ प्रतिशतले घटाएको विभिन्न अध्यनहरुले देखाएको गुरुग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष हृदयरोग विशेषज्ञ डा. रजनिश कपुरले बताए। शुक्रबार एक समारोह बिच बोल्दै डा. रजनिश कपुरले यस्तो बताएका [&hellip;]</p>

काठमाडौं। एकजना व्यक्ति हृदयरोगको बारेमा जानकारी भए उनले ५ अन्य व्यक्तिलाई यसबारे बताउन सक्छ। यसरी जब एकले अर्का व्यक्तिलाई हृदयरोगको बारेमा जागरुक बनाउँछ तब यसले रोग ५ देखि ६ प्रतिशतले घटाएको विभिन्न अध्यनहरुले देखाएको गुरुग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष हृदयरोग विशेषज्ञ डा. रजनिश कपुरले बताए। शुक्रबार एक समारोह बिच बोल्दै डा. रजनिश कपुरले यस्तो बताएका हुन्।

यहि उदेश्यको साथ मेडिसिटि अस्पतालको संयोजकतामा डा. कपुरले १ सय ५० व्यक्तिलाई मुटुको अधिवक्ताको लागि तालिम दिने भएका छन् । डा. कपुरले भने, ‘यस अभियानका माध्यमबाट नेपालमा भएका व्यक्तिहरुले छिटो र कुनै लागत बिना नयाँ जानकारी, स्वास्थ्य सेवा राणनितिहरु र कार्यक्रमहरुमा पहुँच पाउनेछन्।’

कपुरको अनुसार नयाँ उपचार विकल्पहरुको जनचेतनाले बिरामीहरुलाई बचाउन सकिन्छ। हृदयरोग सम्बन्धी ज्ञान नहुँदा मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन्।

नेपालमा हुने १८ प्रतिशत मृत्यु मुटुरोगको कारण हुने गर्दछ । अस्वस्थ जिवनशैलीको कारण मानिसहरु मुटुरोगको शिकार हुने गरेका छन् । खानपानमा गुलियो, पिरो, नुनिलो कम गर्न, नियमित व्ययाम गर्न, तनाव कम गर्न, धुम्रपान मध्यपान नगर्न जस्ता जिवनशैली अप्नाएर मुटुरोगको शिकार हुनबाट जोगिन सक्छौं।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा ३१ प्रतिशत मृत्युको कारण हृदयरोगको कारण हुने गरेको छ। व्यस्त जीवनशैलीमा कामको तनाव, एउटै ठाउँमा लामो समय सम्मा बस्ने व्यक्तिलाई हृदयरोग हुने सम्भावन हुन्छ। यस्ता परिवारमा कसैलाई हेदयरोग भएको अवस्थामा दोस्रो व्यक्तिलाई हृदयरोग हुने सम्भावना ५० प्रतिशत बढि हुन्छ।

मुटुरोगको कुनै पनि लक्षण देखिएको अवस्थामा ईसिजी गर्नु एकदमै आवश्यक हुन्छ र पहिलो ईसिजी सामान्य आएको अवस्थामा पनि दुई पटक सम्म ईसिजी गर्न डाक्टरहरु सुझाव दिन्छन् किनभने कतिपय अवस्थामा पहिलो ईसिजीको नतिजा ठीक नआउन सक्छ।

Share News