काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। अस्पतालले बिहान १०:३० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।
प्रधानमन्त्री ओलीको मंगलबार स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो।
मंगलबार प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो। प्रधानमन्त्री ओलीलाई डा. रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।