निजी प्रतिष्ठान मात्र नभई सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा ल्याउछौं: श्रममन्त्री यादव

<p>काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले  रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीबाट मात्र सामाजिक सुरक्षा कोषले सफलता प्राप्त गर्न सक्ने  बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सामाजिक सुरक्षा काेषमलाइ सफल पार्न सबैकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् । सामाजिक सुरक्षा कोषको पहिलो चरणमा सरकारले निजी प्रतिष्ठानबाट शुरु भएपनि आगामी दिनमा [&hellip;]</p>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले  रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीबाट मात्र सामाजिक सुरक्षा कोषले सफलता प्राप्त गर्न सक्ने  बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सामाजिक सुरक्षा काेषमलाइ सफल पार्न सबैकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

सामाजिक सुरक्षा कोषको पहिलो चरणमा सरकारले निजी प्रतिष्ठानबाट शुरु भएपनि आगामी दिनमा व्यक्ति तथा अनौपचारिक क्षेत्रका तथा सबै श्रमिकहरुलाई कोषको दायरामा लैजाने उनले बताए । उनले  श्रमिक तथा राेजगारदातालाई सामाजिक सुरक्षा कोषमा सहभागी रहि सुरक्षित भविष्यप्रति सजक हुन आग्रह गरे ।

यस्तै उप प्रधानमन्त्री ईश्वर पोखरेले सामाजिक सुरक्षा कोषको सुरुवातको समय चुनौती पुर्ण भएता पनि आगामी दिनमा सबै श्रमिक तथा रोजगारदाता कोषमा आवद्ध हुन अनिवार्य रहेको बताए । कल्याणकारी दायित्वका साथ लागेका श्रमिक तथा रोजगारदाताका विषयमा कोषले निर्माण गरेको नीति, कानुन तथा कार्यविधि लागुमा केहि समस्या देखिएपनि सबै क्षेत्रका प्रतिष्ठानसँग छलफल गरी सरकार अगाडी बढ्न चाहेको उनकाे भनाइ छ ।

‘सन् २०३० सम्ममा गरिबी अन्त्यका लागि कोषले प्रमुख भूमिका खेल्ने छ’ उनले भने, श्रमिकलाइ भोक भाकै मारेर उद्योग मोटाउने तथा कम्पनी डुबाएर श्रमिक मोटाउने कार्यको गर्ने कोषको लक्ष्य नभई, श्रमप्रति कर्तव्यनिष्ठ र श्रमिकको उच्च सम्मको सहि मूल्याकंनका साथ कोषले काम गर्छ ।’

हालसम्म कोषमा १० हजार ४ सय ७७ रोजगारदाता र एक लाख १५ हजार ६०६ योगदानकर्ता कोषमा सूचीकृत भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ श्रमिक तथा रोजगारदाताको योगदान स्वरुप रकम जम्मा भएको छ ।

गतवर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा औपचारिक रुपमा शुरु भएको सामाजिक सुरक्षा कोष गतवर्ष मंसिर ११ गतेदेखि शुरु भएको थियो । श्रमिकको सुरक्षित भविष्यका लागि लक्षित गरि शुरु गरिएको सो कोषमा ६९ वटा जिल्लाका संघसंस्थाहरु समेठिएका छन् भने कोषबाट दुई आश्रित परिवारले सामाजिक सुरक्षा रकम प्राप्त गरेका छन् ।

Share News