मेडिसिटीले नेपालमै पहिलो पटक भित्र्यायो जुनसुकै रोग मिनेटमै पत्ता लाग्ने एआई नयाँ प्रविधि

<p>काठमाडौं। मेडिसिटी अस्पतालले रोग पत्ता लगाउने संसारकै उत्कुष्ट प्रविधि मानिने एआई (आर्टिफिसियल इन्टेलिजेन्स)लाई नेपालमै पहिलोपटक भित्र्याएको छ। अस्पतालले संसारकै उत्कृष्ट मानिने इजरायली जेब्रा मेडिकल भिजनसँगको साझेदारीमा याे प्रविधिलाई भित्र्याएको हो। रेडियोलोजी र मेडिकल इमेजिंगको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ। यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरीय परिक्षण नतिजा प्राप्त गर्न र यसले बिरामी उपचारको व्यवस्थापनमा ठूलो भूमिका खेल्ने [&hellip;]</p>

काठमाडौं। मेडिसिटी अस्पतालले रोग पत्ता लगाउने संसारकै उत्कुष्ट प्रविधि मानिने एआई (आर्टिफिसियल इन्टेलिजेन्स)लाई नेपालमै पहिलोपटक भित्र्याएको छ। अस्पतालले संसारकै उत्कृष्ट मानिने इजरायली जेब्रा मेडिकल भिजनसँगको साझेदारीमा याे प्रविधिलाई भित्र्याएको हो।

रेडियोलोजी र मेडिकल इमेजिंगको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ। यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरीय परिक्षण नतिजा प्राप्त गर्न र यसले बिरामी उपचारको व्यवस्थापनमा ठूलो भूमिका खेल्ने आफूहरुले अपेक्षा गरेको एआईको प्रोजेक्ट म्यानेजर डा. अपुर्व शर्माले बताए ।

एआई प्रविधिबाट सजिलै रोगको अवस्था पत्ता लगाउन सकिन्छ। उदाहरणको लागि यदी कोही व्यक्तिलाई ब्रेम हेमरेज भएको छ भने यस प्रविधिले तुरुन्त पत्ता लगाएर रेडियोलोजीस्टलाई केही शंकास्पद अवस्था रहेको सूचना पठाइ सजिलै तत्काल पत्ता लगाउन सक्छ।

अस्पतालले पहिलो चरणमा यसको सहयोगले दिमागको सिटी स्क्यान, छातीको सिटी स्क्यान, पेटको सिटी स्क्यान, हेमोरेज, अस्टियोपोरोसिस र हड्डी सम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ भने निकट भविष्यमा हृदय रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन सहयोग गर्ने क्याल्सियम स्कोरिंगको पनि थप्ने रेडियोलोजीका प्रमुखका प्राडा. रामकुमार घिमिरेले बताए।

प्रविधिको महत्व

अस्पतालहरुमा धेरै स्क्यान र एक्स-रे भईरहेको हुन्छ। त्यसबीचमा कुनै बिरामीको अवस्था गम्भिर छ भने त्यो रेडियोलोजिस्ट सम्म पुग्नको लागि धेरै समय लाग्न सक्छ। यो पद्दती त्यस्तो अवस्थामा त्यसलाई प्राथमिकतामा राखेर तत्काल काम गरी बिरामीको गम्भिर अवस्थाको बारेमा जानकारी दिन्छ जसले बिरामीको समयमै रोग पत्ता लगाइ दिन गर्न सकिन्छ। ३-४ मिनेटको समयमा यसको माध्यमबाट रोग पत्ता लगाउन सकिन्छ।

यस प्रविधिको प्रयोग महंगो नभएकाे अस्पतालले जनाएको छ।

Share News