अस्पतालबाट प्रधानमन्त्रीको सन्देश- ‘अब ठीक हुँदैछु’

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिती  सुध्रिदै गएको बताएका छन् । साेमबार अपरान्ह अस्पतालबाटै भिडियाे शन्देस पठाउँदै उनले  आफ्नो स्थिती सुध्रिँदै गएकाेले  अब केही दिनमै  पूर्ण रुपमा स्वस्थ हुने बताएका हुन् । &#8216;एपेन्डिसाईटिस कसैलाई समय र सुचना दिएर आउने रोग होइन&#8217; उनले भिडियाेमा भनेका छन्,  यो अचानक आईलाग्छ, मलाई पनि अप्रत्यासित रुपमा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिती  सुध्रिदै गएको बताएका छन् । साेमबार अपरान्ह अस्पतालबाटै भिडियाे शन्देस पठाउँदै उनले  आफ्नो स्थिती सुध्रिँदै गएकाेले  अब केही दिनमै  पूर्ण रुपमा स्वस्थ हुने बताएका हुन् ।

‘एपेन्डिसाईटिस कसैलाई समय र सुचना दिएर आउने रोग होइन’ उनले भिडियाेमा भनेका छन्,  यो अचानक आईलाग्छ, मलाई पनि अप्रत्यासित रुपमा त्यसरी नै आईलाग्यो,  मलाई ईन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्र ईन्फेसन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्याे तर बाहिर पनि ईन्फेसन भएकोले त्यसलाई पनि हटाउनु पर्ने भयो ।’

उपचारमा अझै १५ देखी २० दिन लाग्ने  उनले बताएका  छन्। उनले भिडियाेमा भनेका छन्, मेरो स्वास्थ्य राम्ररी अगाडि बढीरहेको छ तर मेरो एउटा मेजर अप्रेसन पछि  उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।’ उनले दक्षिण एसियाली खेलकुदलाइ समेटेर समेत बाेलेका छन् ।  उनले  मैत्रिपूर्ण क्षेत्रिय  मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्कका खेलाडिहरु सबैलाई  समेत आग्रह गरेका छन् ।

Share News