
काठमाडौं । ह्याम्स अस्पतालले २० वर्षीय महिलामा ब्रेन एन्युुरिजमको कोइलिङद्वारा सफल उपचार सम्पन्न भएको छ । हाल सम्म प्रायः व्रेन एन्युुरिजमको उपचार टाउँको खोलेर अप्रेशनद्धारा भईरहेको अवस्थामा ह्याम्स अस्पतालले भने टाउँको नचिरीकन खुट्टाको रगतको नशाबाट विभिन्न किसिमको साधनको माध्यमले एन्युरिजम भित्र कोइल गरेर त्यसको उपचार गर्न सफल भएको हो ।
उक्त अस्पतालका बरिष्ठ न्यूरो सर्जन तथा न्यूरोइन्टरभेन्सनल सर्जन डा.मनोज बोहरा तथा एनेस्थेलोजिष्ठ डा.मुरारी राज उप्रेती र डा.सुरज लामिछाने तथा क्याथ ल्याब टिमद्वारा न्यूरोइन्टरभेन्सनको नौलो पद्धती प्रयोग गरी न्युरिजमको उपचार गरिएको हो ।
एन्जुरिजम भनेको मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो । जुन फुटेर व्रेन ह्यामरेज भएर विमारी अशक्त हुन सक्छ वा ज्यान पनि जान सक्छ ।
डा.बोहराको भनाई अनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतिका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ ।
स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीमा पुगिन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्त संचार गरिन्छ ।
न्यूरो इन्टरभेन्सन उपचार गर्न मस्तिष्क खोलेर गरिने उपचार पद्धति भन्दा निकै कम समय लाग्ने र उपचार पछिको अस्पतालको बसाई पनि कम हुने भएकोले अहिले यो संसार भरी नै निकै प्रभावकारी उपचारको रुपमा लिइएको छ ।