कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

<p>काठमाडौं । प्रभु बैंकले मोरङ्गस्थित कोशी अस्पतालमा सोमबारदेखि कोशी अस्पताल एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले गरेका हुन् । कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले मोरङ्गस्थित कोशी अस्पतालमा सोमबारदेखि कोशी अस्पताल एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले गरेका हुन् ।

कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

Share News