वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा भट्ट “विज्ञान पुरस्कार ” बाट सम्मानित

<p>काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार २०७६’ वाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट सम्मान पाएका हुन् । मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विना चिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात विकास र प्रवद्र्धन मार्फत् नेपालीहरुको मुटुरोग उपचारमा उल्लेख्य योगदान पु¥याएवापत [&hellip;]</p>

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार २०७६’ वाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट सम्मान पाएका हुन् ।

मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विना चिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात विकास र प्रवद्र्धन मार्फत् नेपालीहरुको मुटुरोग उपचारमा उल्लेख्य योगदान पु¥याएवापत प्रा.डा. भट्टलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

प्रा.डा. भट्ट नेपालकैं वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनले चिकित्सा शास्त्रमा स्नातोकोत्तर गरे लगत्तै भारतको चण्डीगडस्थित ख्यातिप्राप्त ‘पोष्ट ग्राजुयट इन्स्टिच्युट उफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ बाट इन्टरनल मेडिसिनमा एम.डी. हासिल गरे । सन् २००० मा सोही इन्स्टिच्यटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डि.एम. हासिल गरेका हुन् ।

भारतको प्रसिद्ध– एस्कर्टस् हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा २ बर्षे गहन तालिम पश्चात् उनले सन २००३ मा भारतकै नेशनल बोर्ड अफ एक्जामिनेशन्, नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डि.एन.वी । (डिप्लोम्याट अफ नेशनल वोर्ड)को उपाधि हात पारेका थिए ।

सन् २००३ मा नेपाल फर्किएर शहिद गङ्गालाल नेशनल हार्ट सेन्टरमा आबद्ध हँुदै त्यस संस्थामार्फत् नेपालमा मुटुरोगको उपचारमा सरकारी/सार्वजनिक क्षेत्रमार्फत मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको सुरुवात गरेका थिए ।

हाल नेपालमा विद्यमान इन्टरभेन्सनल प्रविधिहरु मध्ये सबैजसोमा अग्रणी रहेका प्रा.डा. भट्टले हालसम्म ५ हजार भन्दा बढी कोरोनरी एन्जियाग्राफिहरु ३ हजार भन्दा बढी कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण, १ हजारभन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमीहरु, पेसमेकर जडान, ए.एस.डी., पि.डी.ए. डिभाइस क्लोजर लगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रियाहरु अत्यन्तै सफलताका साथ सम्पन्न गरिसकेको छन् ।

ह्ृदयरोग उपचारमा उनको शैक्षिक पृष्ठभूमि, कार्य र प्राविधिक दक्षताकै कारण उनलाई चिकित्सा शास्त्र राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर हस्पिटलका प्राध्यापक, मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका भिजिटिङ्ग प्राध्यापक आदिको जिम्वेवारी प्राप्त छ । सन् २००९ यता उनी राष्ट्रपतिका चिकित्सक समेत रहेका छन् । राष्ट्रले उनको योगदानको कदर गर्दै सन् २०१६ मा उनलाई सुप्रबल जनसेवा श्री द्वारा विभूषित गरिएको थियो भने हालै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा उनलाई विज्ञान पुरस्कारबाट सम्मानित गरिएको थियो ।

विगत ४ वर्षदेखि उनी नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागका पूर्णकालीन निर्देशकका रुपमा कार्यरत रहँदै नियमित रुपमा बहिरङ्ग÷अन्तरङ्ग सेवाका साथ मुटुरोग उपचारका सबै खाले इन्टरभेन्सनल प्रविधिहरुको उच्चतम प्रयोग गरिरहेको छन् ।

Share News