किष्ट अस्पतालले शुरु गर्यो ‘इआरसिपि’ सेवा

<p>काठमाडौं । किष्ट शिक्षण अस्पतालले इन्डोस्कोपी रेट्रोग्रेड कोलाङगियो प्यानक्रियटोग्राफी (इआरसिपि) सेवा शुरु गरेको छ । डा. कमल राज सुवेदीको टोलीले पौष १ गते पहिलो पटक सफलतापूर्वक इआरसिपि गरेको थियो । पित्तनलीमा ढुङ्गा बन्ने, पित्तथैलीको ढुङ्गा नलिमा जाने र पित्तनली साँघुरिने एवं च्यापिने समस्याले जन्डिस भएका बिरामीलाई यस प्रविधि इआरसिपि बाट उपचार गरिन्छ । यस प्रविधिअनुसार [&hellip;]</p>

काठमाडौं । किष्ट शिक्षण अस्पतालले इन्डोस्कोपी रेट्रोग्रेड कोलाङगियो प्यानक्रियटोग्राफी (इआरसिपि) सेवा शुरु गरेको छ । डा. कमल राज सुवेदीको टोलीले पौष १ गते पहिलो पटक सफलतापूर्वक इआरसिपि गरेको थियो ।

पित्तनलीमा ढुङ्गा बन्ने, पित्तथैलीको ढुङ्गा नलिमा जाने र पित्तनली साँघुरिने एवं च्यापिने समस्याले जन्डिस भएका बिरामीलाई यस प्रविधि इआरसिपि बाट उपचार गरिन्छ ।

यस प्रविधिअनुसार मुखबाट ईन्डोस्कोपी मेसिन छिराएर पेटको बाटो हुदै आन्द्रामा रहेको पित्तनलीको मुख (अम्पुला) मा पुग्छ । विभिन्न उपकरणहरुको प्रयोग गरेर नलीको मुखलाई ठुलो बनाईन्छ र पित्तनलीको ढुङ्गा निकालिन्छ । नली साँघुरो भएको माथि स्टेन्ट राखिन्छ ।

यो प्रविधि प्रयोग गर्दा पेट चिर्नु वा पेटमा प्वाल पार्नुपर्दैन । धेरै दिन अस्पताल भर्ना हुन नपर्ने र बिरामीलाई पनि धेरै पिडा सहन नपर्ने हुनाले अहिले यो प्रविधि विश्वभर प्रचलित बन्दै आएकोछ ।

Share News