गंगालाल अस्पतालकाे कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारी नियुक्त

<p>काठमाडौं। शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अस्पतालका पुर्व निर्देशक डा. जितेन्द्र सिलवालले ४ वर्षको कार्यकाल पुरा गरेर गत साउन २५ गतेबाट अवकास पाएका थिए। उनको अवकास पछि [&hellip;]</p>

काठमाडौं। शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अस्पतालका पुर्व निर्देशक डा. जितेन्द्र सिलवालले ४ वर्षको कार्यकाल पुरा गरेर गत साउन २५ गतेबाट अवकास पाएका थिए। उनको अवकास पछि तत्त्कालिन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा युवराज लिम्बूलाई गंगालाल अस्प्तालको निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए ।

अधिकारिको कार्यकाल ४ वर्षको रहनेछ।

Share News