काठमाडौं । हेम बहादुर मल्ल पुरस्कारबाट विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रूइत सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघ संयुक्त रुपमा प्रदान गर्ने यो सम्मान तथा पुरस्कार शुक्रबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा उपराष्ट्रपति वर्षमान पुनले प्रदान गरेका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल पुरस्कार २०७३ बाट घिसिङ र २०७४ बाट रूइत सम्मानित भएका हुन् । पुरस्कारको राशि २/२ लाख रुपैयाँ रहेको छ । घिसिङलाई लोडसेडिङमुक्त गरेकोमा र डा. सन्दुकलाई नेत्र ज्याती विशषेज्ञका रूपमा सम्मान गरिएको छ ।
कुलमान घिसिङको योगदान
एउटा ग्रामिण भेगको जिल्ला र सामान्य परिवारमा जन्मेका व्यक्ति हुन् कुलमान घिसिङ । सानैदेखि मेहेनेती र प्रतिभाशाली भनेर चिनिने उनले कक्षा ६ सम्म गाउँकै विद्यालयमा पढे । उनले २०४३ सालमा एलएलसी पास गरे। अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका घिसिङले भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीएस्सी गरेका हुन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका गरे । घिसिङले २०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सरकारी सेवा प्रारम्भ गरेका गरे । अब शुरु भयो उनको देश र जनतालाई सहयोग र साथ दिने काम ।
उनले झन्डै २५ वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन् । चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए ।
रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन घिसिङको भूमिका महत्वपूर्ण छ । दुई दशकभन्दा लामो अनुभवपछि उनी वि.स २०७३ साल भदौमा सरकारले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो । उनै घिसिङले नेपालकोे लोडसेडिङलाई २०७५ मै लोडसेडीङमुक्त भएको घोषणा गरेका थिए । त्यस पश्चात घिसिङमात्र होइन उनको सिंगो टिमले देश जनताको जस पाइरहेका छन् ।
पुरस्कार ग्रहण गर्दै घिसिङले प्राधिकरणका १२ हजार कर्मचारीका कारण देशमा लोडसेडिङमुक्त सम्भव भएको बताए । उनले लोडसेडिङमुक्त गर्नु मात्र कुनै चमत्कार नभएको बताउँदै अझ निर्माणाधीन परियोजनाहरु पूरा गर्नुपर्ने जिम्वेवारी रहेको बताए । हाल आएर प्राधिकरण १० अर्ब लगानी गर्न सक्ने अवस्थामा भएको बताउँदै उनले नागरिकलाई सस्तोमा बिजुली पुर्याउने कार्यमा आफू जुटेको बताए ।
डा.सन्दुक रुइतको योगदान
देशलाई उज्यालो बनाउने भनेर घिसिङ चिनिन्छन् भने व्यक्तिको जीवन उज्यालो बनाउने भनेर डा. सन्दुक रूइत चिनिन्छन् । ज्योती नभएकाहरुलाई ज्योती दिन डा. सन्दुकको भूमिका पनि महत्वपूर्ण छ ।

ताप्लेजुङको दुर्गम हिमाली भेगमा जन्मेका हुन डा. सुन्दुक रोइत । उनले आफ्नो चिकित्सा करिअरमा १ लाख २० हजारभन्दा बढी दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गरिसकेका छन् । उनले आँखाको उपचारका लागि नयाँ पद्धति जन्माउने सपना देखेका थिए । मोतीया बिन्दुको उपचार गर्ने नयाँ चिकित्सापद्धति रुइतेक्टोमीको सुरुवात गर्ने विज्ञ चिकित्सक हुन् डा. सुन्दुक ।
नेपालीहरुकामाझ प्रख्यात आँखा अस्पताल तिलगंगा आँखा केन्द्रको स्थापना गर्ने व्यक्ति यिनै सुन्दुक हुन् । उनले सन् १९९२ मा फ्रेड हलोज फाउन्डेसनको साथ र नेपाली समाजसेवीहरुको साथबाट तिलगंगा आँखा केन्द्रको मा स्थापना गरे ।
देशको दूरदराजका क्षेत्र मात्र नभई भारत, बंगलादेश, भुटान, बर्मा, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया, चीन, अफ्रिका लगायतका देशका बिरामीको आँखाको समेत उपचार उनले गरेका छन् । आँखा उपचार पद्धतिमा ल्याएको उच्चस्तरीय लेन्स परम्परागत लेन्सभन्दा तीस गुणा सस्तो मानिन्छ । मोतिया बिन्दुवाहेक आँखाको बाहिरी झिल्लीको प्रत्यारोपणमा पाएको उनको सफलता स्मरण योग्य छ ।
पुरस्कार ग्रहण गर्दै डा. सन्दुक रूइतले नेपाल विश्व जस्तो विकसित नभए पनि आफूले सकेसम्म राम्रो गर्ने प्रयास गरेको बताए । आँखाको उपाचारको क्रममा निकै सस्तो र उत्कृष्ट विधि अपनाएकोले उनले विश्व प्रशिद्ध पुरस्कार म्यागासे समेत पाईसकेका छन् ।