काठमाडौं । ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल, खाडीचौर सिन्धुपाल्चोकको संयुक्त आयोजनामा त्रिपुरा सुन्दरी गाउँपालिका पिस्कर अवस्थित श्री मङ्गलामाई माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।
उक्त शिविर मा बरिष्ठ महिला रोग बिशेषज्ञ, एम.डि.जी.पी सहितका बिशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गरी आवस्यक औषधि निःशुल्क रूपमा उपलब्ध गराएको ह्याम्स अस्पतालका प्रतिनिधि रोशन अधिकारीले जानकारी दिए । उक्त शिविरमा लगभग २०० जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने जसमा निःशुल्क मधुमेह तथा रक्तचाप परिक्षण पनि गराएका थिए ।
उक्त शिविरमा श्री मङ्गलामाई माध्यमिक विद्यालय प्राध्यानाध्यपक धनश्याम पौडेलले आफ्नो भनाई राख्दै यसरी आफ्नो गाउँघरमा बिशेषज्ञ सेवा आउँदा अस्पतालसम्म पुग्न नसक्ने व्यक्तिलाई सहज भएको भन्दै आगामी दिनहरुमा पनि यसरी बिशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पतालप्रतिको आशा कार्यम रहेको बताए ।
त्यस्तैगरी त्रीपुरा सुन्दरी गाउपालीका स्तरीय स्वास्थ्य साखा प्रमुख चन्द्र नारायण शाह ले पनी आफुले चाहेर पनी गाउमै बिशेषज्ञ सेवा दिन नसकिरहेको अवस्थामा यसरी ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल खाडीचौर , सिन्धुपाल्चोक ले बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर सञ्चालन गर्दा अधिकांश ब्यक्ति हरू जो आर्थिक कारण तथा पहुँच नभएका कारण स्वास्थ्य मा बन्चित भएका हरू ले पनी यसरी स्वास्थ्य लाभ लिन पाएका छन् र आगामी दिनहरुमा यस्ता शिविर गर्न आफुहरूले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
आगामी दिनहरुमा यसै गरी ह्याम्स अस्पताल लगायत अन्य अस्पतालसँग सहकार्य गरी गाँउ गाँउ तथा दुर्गम क्षेत्रमा बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर लैजाने लक्ष्य लिएको सिन्धु सदाबहार अस्पतालका व्यवस्थापन प्रमुख राम आचार्यले जानकारी दिए ।