मलेसियामा मासिक १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान रोक

<p>काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया जाने नेपाली श्रमिकलाई न्यूनतम १२ सय रिंगेटभन्दा कम तलबमा लैजान नपाइने भएको छ । आगामी जनवरी २ तारिखदेखि मलेसियाका जुनसुकै कम्पनीहरुले नेपाली कामदार लैजान नपाउने मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले एक सूचना जारी गरेको हो । राजदूतावासमा प्रमाणका लागि पेश गरिने श्रम सम्बन्धि मागपत्रमा अनिवार्य रुपमा न्यूनतम/आधारभूत तलब प्रष्ट रुपमा [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया जाने नेपाली श्रमिकलाई न्यूनतम १२ सय रिंगेटभन्दा कम तलबमा लैजान नपाइने भएको छ ।

आगामी जनवरी २ तारिखदेखि मलेसियाका जुनसुकै कम्पनीहरुले नेपाली कामदार लैजान नपाउने मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले एक सूचना जारी गरेको हो ।

राजदूतावासमा प्रमाणका लागि पेश गरिने श्रम सम्बन्धि मागपत्रमा अनिवार्य रुपमा न्यूनतम/आधारभूत तलब प्रष्ट रुपमा राखेर पेश गर्न सबै रोजगारदातालाई निर्देशन दिएको हो ।

केहि समय अगाडी मलेसियाको मानव संशोधन मन्त्रालयले जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको न्यूनतम मासिक तलब १२ सय मलेसियन रिंगेट बनाउने निर्णय गरेको थियो ।

Share News