काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालले ४० बेडमा नि:शुल्क सेवा दिने भएको छ । अस्पतालले आफ्नो साताैँ वार्षिकाेत्सवको अवसरमा आर्थिक स्थित कमजोर भएकाहरुको लागि छुटै वार्डमा ४० वटा सब्सिडाइज बेडको सेवा दिने भएको हो । उक्त वार्डलाई सिदार्थ वाड नाम दिईएको छ ।
सिदार्थ वार्ड नाम दिईएको उक्त वार्डको सेवा आजैबाट सुरु गरिने अस्पतालका निदेर्शक चक्रराज पाण्डेले बताए । सन् २०१० फेब्रुअरी ४ मा कम्पनीको रुपमा दर्ता भएको ग्राण्डी ईन्टरनेसल सन् २०१३ जनवरी ३ देखि संचालनमा आएको हो ।
वार्षिकत्सवमा बोल्दै मेडिकल डिरेक्टर पाण्डेले अस्पताल यहाँसम्म आईपुग्नको लागि डाक्टर, नर्सदेखि लिएर अस्पतालका प्रशासन, बिरामी हेरचाह ईकाई, वित्तदेखि लिएर कल सेन्टरको सहयोगको कारण आफुहरुले उल्लेखनिय सेवा प्रदान गर्न सक्षम भएको बताए ।

पछिल्लो ७ वर्षमा ग्राण्डीले ४ हजारभन्दा बढी विदेशी, ८ लाखभन्दा बढी बाहिरी बिरामी, ५० हजार भित्रि बिरामी, ३० हजार वटा अपरेसन, ईमरजेन्सीमा ४१ हजारलाई सेवा, हेली रेस्क्यु मार्फत ३ हजार भन्दा बढीलाई सेवा दिईसकेको पाण्डेले दाबी गरे ।
वार्षिकत्सवको अवसरमा ग्राण्डीले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । टोखाका मेयर प्रकास अधिकारी, ईन्जिनिएर र अध्यक्ष दिपक कुवँरले सामुहिक रुपमा रक्तदान कार्यक्रम शुरु गरेका थिए । यही अवसरमा ग्राण्डीले दोस्रो ग्राण्डी जर्नलको पनि सार्वजनिक गरेको छ ।
ग्राण्डी ईन्टरनेसनलले १ वर्ष देखि नेपालमै पहिलोपटक स्पाेर्ट मेडिसिन, स्पाईन सर्जरी, इर्मजेन्सी मेडिसन र हेपाटोप्यानक्रयाटिक गरेर ४ वटा क्षेत्रमा फेलोसिप कार्यक्रम सुरु गरेको अस्पतालका डिप्युटी डिरेक्टर डा. विनोद बिजुक्छेले बताए ।

अस्पतालमा १ सय ७१ प्रशासन कर्मचारी, १ सय ९१ टेक्निकल स्टाफ, ३ सय २ जना नर्स, १ सय ७० जना भन्दा बढि डाक्टर, १ सय ५३ हाउस किपिङ, ३७ जना सेक्युरिटी स्टाफ र १ सय २० जना स्टाफ रहेका छन् ।