ग्यालेक्सी हस्पिटलले शुरु गर्यो स्वास्थ्य सेवा, सबै सेवामा ३० प्रतिशत छुट दिने

<p>काठमाडौं । ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गतेदेखि औपचारिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा. हेमन्त मानन्धरले बताए । पोखराका दक्ष तथा अनुभवी चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरुद्धारा प्रवद्र्धित र संचालित यस हस्पिटलले शुभारम्भको अवसरमा सबै प्रकारका सेवामा [&hellip;]</p>

काठमाडौं । ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गतेदेखि औपचारिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा. हेमन्त मानन्धरले बताए ।

पोखराका दक्ष तथा अनुभवी चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरुद्धारा प्रवद्र्धित र संचालित यस हस्पिटलले शुभारम्भको अवसरमा सबै प्रकारका सेवामा ३० प्रतिशत छुट सुविधा प्रदान गरेको उनले बताए ।

पोखरा-१०, बुद्धचोक (उत्तमचोक) मा रहेको यस हस्पिटलमा चौविसै घण्टा एमरजेन्सी सेवा, आधुनिक २ वटा अपरेसन कक्ष, १४ वटा ओपिडी, आधुनिक ल्याब, आइसियू, एनआइसियू,पिआइसियू, पोष्टअप कक्ष रहेका छन् । हस्पिटलमा बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म पूर्णकालिन विशेषज्ञ डाक्टरको चेकजाँच सुविधा, बिना चिरफार(ल्याप्रोस्कोपिक) पेट सम्बन्धी सम्पूर्ण रोगको सल्यक्रिया, हाडजोर्नी तथा नसा सम्बन्धी सल्यक्रिया, आर्थोस्कोपिक सल्यक्रिया, न्यूरो सर्जरी, बालरोग, प्रसुती तथा स्त्रीरोग सेवा, छाला तथा यौन रोग, नाक कान घाटी, मनोरोग लगायतसबै प्रकारका रोगको उपचारको सुविधा रहेको हस्पिटलका मेडिकल सुपरिटेन्डेन्टडा. ऋषीराम ढकालले बताए ।

हस्पिटलले प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन बिरामी, बिरामीका आफन्त र सुभेच्छुकहरुसँग सुझाव सल्लाह लिँदै पारिवारिक अस्पतालका रुपमा ग्यालेक्सी हस्पिटललाई स्थापित गराउने लक्ष्य रहेको हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।

प्रयाप्त पार्किङ सुविधा रहेको यस हस्पिटलको आफ्नै अत्याधुनिक ल्याव र फार्मेसी भएकोले बिरामीका लागि बढी लाभदायिक रहने । साथै, सबै प्रकारका स्वास्थ्य सेवामा हाल दिइएको ३० प्रतिशतको छुट सुविधाले सेवाग्राहीहरु लाभान्वित हुने बताइएको छ ।

Share News