काठमाडौंमा शुरु भयाे नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो

<p>काठमाडौं । ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ शुक्रबारदेखि शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन उद्याेग मन्त्री लेखराज भट्टले गरेका हुन् । माघ १७ गते शुक्रबारबाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएकाे एक्स्पाे माघ १९ गतेसम्म चल्नेछ ।  मिडिया स्पेस सोलुसन्स प्रा&#x200d;लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा छैठौं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र [&hellip;]</p>

काठमाडौं । ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ शुक्रबारदेखि शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन उद्याेग मन्त्री लेखराज भट्टले गरेका हुन् ।

माघ १७ गते शुक्रबारबाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएकाे एक्स्पाे माघ १९ गतेसम्म चल्नेछ ।  मिडिया स्पेस सोलुसन्स प्रा‍लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा छैठौं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गरेका हुन् ।

प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रदर्शनीहरु गर्दै आएको आयोजकले जनाएकाे छ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिएका  छन् ।

तीन दिने छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

 

Share News