काठमाडौं । अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने भएकाे छ । आइतबारबाट लागु हुने गरी विमानस्थलबाट आवत-जावत गर्ने यात्रुकाे स्वास्थ्य परीक्षण गरीने बताइएकाे छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमकाे सूचिमा राखेसँगै नेपालले सतर्कता अपनाएकाे हाे । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ ।
यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।