निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै धर्ना

<p>काठमाडौं । निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै संस्थागत विद्यालय शिक्षक युनियनले धर्ना दिएको छ । लामो समयदेखि विभिन्न प्रतिष्ठान र कार्यरत कामदाहरुका प्रतिनिधिबिच सैद्धान्तिक सहमति भएपनि हालसम्म संस्थागत विद्यालयका शिक्षकहरुलाई समाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उनीहरुले सोमबार सामाजिक सुरक्षा कोषको कार्यालयमा धर्ना दिएका हुन् । कोष सुरु भएको एक वर्ष ३ [&hellip;]</p>

काठमाडौं । निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै संस्थागत विद्यालय शिक्षक युनियनले धर्ना दिएको छ । लामो समयदेखि विभिन्न प्रतिष्ठान र कार्यरत कामदाहरुका प्रतिनिधिबिच सैद्धान्तिक सहमति भएपनि हालसम्म संस्थागत विद्यालयका शिक्षकहरुलाई समाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उनीहरुले सोमबार सामाजिक सुरक्षा कोषको कार्यालयमा धर्ना दिएका हुन् ।

कोष सुरु भएको एक वर्ष ३ महिना बितेर तीन पटक थप्दा पनि आठ हजार पाँच सय शिक्षकलाई कोषमा नसमेटिएको प्रति उनीहरुले विरोध जनाएका छन् । उनीहरुले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सम्पूर्ण बिद्यालयहरु शिधाधिशिघ्र सुचिकृत गराउने वातावरण बनाउन जोडदार माग गरेका छन् ।

उनीहरुले संस्थागत भनिने निजी विदयालयहरुले शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र नदिएको,शिक्षा ऐन अनुसार बिद्यालय व्यवस्थापन समिती नबनाएको, नेपाल सरकारले तोकेको तलब बिदा बीमा उपादान लगाएतका सेवा सुबिधा नदिएको भन्दै विरोध जनाएका छन् ।

यी समस्यालाई यथाशीघ्र समाधान गर्ने आग्रह गरेका छन् । उनीहरुले विभिन्न अहिले एक दिने मात्र धर्ना भएकोले थप आन्दोलनका कार्यक्रमहरु पछि तय गरिने बताएका छन् ।

Share News