काठमाडौं । सरकारले विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न आग्रह गरेको छ ।
काेराेना भाइरसकाे संक्रमण र सन्त्रास बढ्दै गएको बेला सावधानी अपनाउनका लागि सरकारले यस्ताे आग्रह गरेकाे हाे । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो ।
यसका साथै सरकारले विद्यालयमा सभा, समारोह तथा भेला हुने क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।
