सेञ्चुरी बैंक र गम्स एण्ड गिगल्स डेन्टलबीच सेवा सम्बन्धि सम्झौता

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच सेवा सुविधामा दिइने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका हुन् । काठमाडौंको कमलपोखरी स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच सेवा सुविधामा दिइने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका हुन् ।

काठमाडौंको कमलपोखरी स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सो सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउने छन् ।

Share News