कोरोनाको जोखिमप्रति सजग रहन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेना भाइरसकाे जाेखिमप्रति सतर्कता अपनाउन   सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा बैंकले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूलाई सतर्कता अपनाउन अपिल गरेको हो । यसै विषयलाई [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेना भाइरसकाे जाेखिमप्रति सतर्कता अपनाउन   सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा बैंकले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूलाई सतर्कता अपनाउन अपिल गरेको हो ।

यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोनाभाइरसको विस्तार विरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न शुरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्वारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टासिएको छ ।

सबै ग्राहकहरुलाई कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गरेको छ । साथै, विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी पालना गर्न बैंकले अनुरोध गरेको छ ।

Share News