काठमाडौं । अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले सरकारले भारतले बन्देज लगाएका १३ वटा औषधिको फुकुवाको लागि पहल भइरहेकाे बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सूचना मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले बिहान बसेको बैठकमा भारतले नेपाल पठाउन बन्देज लगाएको १३ प्रकारका औषधि फुकुवाको लागि पहल गर्ने विषयमा छलफल गरेको बताए।
उनले नेपालमा अहिले औषधीको अभाव नभएको दावी गरे। ‘समस्याग्रस्त मुलुकहरुबाट आएका यात्रुहरुलाई ध्यान दिने हो, ६ वटा स्थलमार्गमा सम्पूर्ण सुरक्षा र क्वारेन्टाइन व्यवस्था गरिएको छ,’ उनले भने ।
सरकारले नेपाल-भारतको ३७ नाकामा विशेष निगरानीको व्यवस्था गरेको उनकाे भनाइ छ।