नेपाल चेम्बर अफ कमर्सले दिनमा २० हजार माक्स उत्पादन गर्ने, प्रतिपिसको मूल्य ७ रुपैयाँ

<p>काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको भएको छ । बजारमा माक्सको अभाव भएपछि चेम्बर अफ कमर्सले आफै माक्स उत्पादन गर्ने निर्णय गरेर बिक्रि गर्न पनि शुरु गरेको हो । चेम्बरले दैनिक २० हजार माक्स उत्पादन गर्ने जनाएको छ । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गर्दै सुपथ मूल्य ७ रुपैयाँमा माक्स [&hellip;]</p>

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको भएको छ । बजारमा माक्सको अभाव भएपछि चेम्बर अफ कमर्सले आफै माक्स उत्पादन गर्ने निर्णय गरेर बिक्रि गर्न पनि शुरु गरेको हो ।

चेम्बरले दैनिक २० हजार माक्स उत्पादन गर्ने जनाएको छ । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गर्दै सुपथ मूल्य ७ रुपैयाँमा माक्स बिक्री गर्ने जनाएको हो । हाल विश्वभर कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढेसँगै माक्सको माग पनि बढेको छ ।

नेपालमा पनि माक्सको कृतिम अभाव दैनिक बढ्दो छ । यसलाई मध्येनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले माक्सको उत्पादन थाल्ने निर्णय गरेको बताएको छ ।

चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरिसकेको छ । उनीहरुले बजारमा माक्सकाे अभाव नहुने हिसावले माक्सकाे उत्पादन गर्ने बताइएकाे छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा भएको माक्स अभावलाई मध्येनजर गर्दै संस्थाका सदस्यहरु मिलेर सर्जिकल माक्स उत्पादन गरेर विक्रि गर्न थालेको बताए ।

 

Share News