विश्व स्वास्थ्य संगठनले कोरोनालाई यस कारण दियो ‘महामारी’को संज्ञा

<p>काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिडज्ञ १९ )लाई महामारीको दर्जाको रुपमा घोषणा गरेको छ । बुधबार मात्रै संगठनले कोरोनालाई हामारीको दर्जा दिएको हो । पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले यसलाई ‘महामारी’ को दर्जामा राखेको हो । मानिसबाट मानिसमा सर्ने तथा एकै समय धेरै मुलुक प्रभावित भएपछि डब्ल्यूएचओले त्यस्तो संक्रमणलाई महामारीको श्रेणीमा राख्ने [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिडज्ञ १९ )लाई महामारीको दर्जाको रुपमा घोषणा गरेको छ । बुधबार मात्रै संगठनले कोरोनालाई हामारीको दर्जा दिएको हो । पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले यसलाई ‘महामारी’ को दर्जामा राखेको हो ।

मानिसबाट मानिसमा सर्ने तथा एकै समय धेरै मुलुक प्रभावित भएपछि डब्ल्यूएचओले त्यस्तो संक्रमणलाई महामारीको श्रेणीमा राख्ने गर्दछ । एकै समयमा कुनै रोग विश्वभर तीव्र गतिमा फैलिरहेको अवस्थालाई ‘महामारी’ को संज्ञा दिने गरिन्छ । डब्ल्यूएचओले काेराेना भाइरसकाे सक्रियताको खतरनाक स्तरलाई मध्यनजर गर्दै कोरोनालाई महामारीको संज्ञा दिइएको बताएकाे छ ।

यसअघि नै डब्ल्यूएचओले कोरोनाभाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएको थियो । यद्यपि महामारी संज्ञा दिने अवस्थामा पुगेको आधारहरु देखा नपरेका कारण यसअघि डब्ल्यूएचओले यसलाई ‘महामारी’ शब्द प्रयोग गरेको थिएन ।

पछिल्लो समय यो भाइरस विश्वका ११४ मुलुकमा फैलिएको र एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको डब्ल्यूएचओको भनाइ छ । संक्रमणलाई रोक्न देशहरुले के–कस्ता उपाय अपनाउँछन् भन्ने कुराले नै महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ ।
पछिल्लो पटक सन् २००९ मा स्वाइन फ्लुलाई यस्तो श्रेणीमा राखिएको थियो, जसले हजारौँ मानिसको मृत्यु भएको थियो ।

Share News