काठमाडौं । ग्राण्डी इन्टरनेशनल हस्पिटलले सम्पूर्ण बिरामीहरु तथा आगन्तुकहरुको ज्वरो मापन गरेर मात्रै हस्पिटल प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।
कोरोना भाईरस संक्रमणबाट सचेतना अपनाउंदै हस्पिटलले बुधवारदेखि यस्तो व्यवस्था गरेको हो ।
ज्वरो मापन गर्दा उच्च तापक्रम भएको पाइएमा छुटृै कक्षमा राखेर उपचार तयारी गर्ने समेत हस्पिटलले शुरु गरेको छ ।