काठमाडौं । नेपालमा एकैपटक धेरै व्यक्तिमा कोरोना देखिएको अवस्थामा काम गर्नको लागि तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बिहिबार मन्त्रालयले कोरोनाको संत्रलमण देखिए केके काम गर्ने भन्ने योेजना प्रस्तुत गर्दै एकै पटक सय केस देखिएको अवस्थामा पनि काम गर्न तयार भएकाे बताएका हाे ।
महामारीको रुपमा कोरोना फैलिएमा सरकारले नेपालबाट हुने हवाई उडान महामारीको अवधिभर स्थगन गर्ने, स्थलगत आवगमनको अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने, अत्यावश्यक सामाग्री बाहेक सबै आयात निर्यात बन्द गर्ने, संक्रमण भएको बासस्थान बन्द गर्ने जस्ता योजना बनाएकाे मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए ।
सरकारकाे याेजनाहरु यस्ता रहेका छन्
१. पकेट एरिया लकडाउन गर्ने– बासस्थान, निश्चित समुदाय, बस्ती गाउँ, टोल, वडा, पालिका प्रदेश समेत ।
२. कोभिड १९ प्रभावित मुलुकहरुमा नेपालबाट हुने उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने ।
३. स्थलगत आवगमनको अन्तराष्ट्रिय नाकाहरु बन्द गर्न ।
४. अत्यावश्यक सामाग्री बाहेक अन्य वस्तुहरुको आयात निर्यात महामारी अवधिभर बन्द गर्न ।
देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारको लागि जनशक्ति आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गर्न योजना
५. अत्याआवश्यक परेमा फिल्ड तथा मोबाईल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाईएको ।