भारतीय प्रधानमन्त्री मोदीकाे प्रस्ताव: कोरोना विरुद्द एक भएर लडौं

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोगकाे सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,संयुक्तरुपमा हामीले विश्वलाई [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोगकाे सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्।

‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्‍याउन सक्छौं,’  उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्।

दक्षिण एसियाका ८ मुलुकमध्ये भारत र पाकिस्तानमा कोरोनाका कारण एक-एक जनाको मृत्यु भएको छ भने भारतमा ७५ र पाकिस्तानमा २२ जना संक्रमण भएको पाइएको छ। अफगानिस्तानमा ९, माल्दिभ्समा २, श्रीलंकामा ३, ब‌ंगलादेशमा ३, भुटानमा १ (अमेरिकी नागरिक), र नेपालमा १ (निको भइसकेको) जना संक्रमित फेला परेका छन्। नेपालमा देखा परेकाे व्यक्तिमा भने निकाे भइसकेकाे छ । 

Share News