काेराेनाले पार्ने असरबारे नेपाल-भारतबीच छलफल हुँदै

<p>काठमाडौं । कोरोनाले पार्ने असर बारे नेपाल-भारत सीमा व्यवस्थापन गर्नेबारे छलफल हुने भएकाे छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड१९) रोकथामका लागि लिइएका निर्णयले नेपाल-भारत सीमामा पार्ने अप्ठ्याराबारेमा वार्ता हुने भएको छ। मन्त्रालय स्रोतका अनुसार केहीबेरपछि यस विषयमा कुराकानी हुन लागेको हो। परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारे छलफल गर्न लागेका [&hellip;]</p>

काठमाडौं । कोरोनाले पार्ने असर बारे नेपाल-भारत सीमा व्यवस्थापन गर्नेबारे छलफल हुने भएकाे छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड१९) रोकथामका लागि लिइएका निर्णयले नेपाल-भारत सीमामा पार्ने अप्ठ्याराबारेमा वार्ता हुने भएको छ।

मन्त्रालय स्रोतका अनुसार केहीबेरपछि यस विषयमा कुराकानी हुन लागेको हो। परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारे छलफल गर्न लागेका हुन्।

सीमा नाकाहरुमा पर्याप्त चेकजाँचको व्यवस्था भएका चेक प्वाइन्टबाहेकका अन्य स्थल नाकाबाट समेत भारत प्रवेशमा कडाइ गर्ने निर्णय भारतले गरेको थियो। भारतको यस्तो निर्णयले नेपाल र भारतको सीमामा असर पर्ने र यसले भारतबाट नेपालतिर खाद्यन्नलगायतमा असर पार्ने भन्दै चिन्ताहरु व्यक्त भइरहेका छन्।

Share News