काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बेलुका डिस्चार्ज गरिने भएको हाे ।
१९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएकाे छ ।
