दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्दै

<p>दाङ । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर खत्रीले भने, “त्यसका लागि तुलसीपर उपमहानगरपालिका–९ बेलुवामा प्रक्रिया अघि बढिसकेको छ ।” दाङका बिरामीलाई बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य [&hellip;]</p>

दाङ । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

“तुलसीपुरमा सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर खत्रीले भने, “त्यसका लागि तुलसीपर उपमहानगरपालिका–९ बेलुवामा प्रक्रिया अघि बढिसकेको छ ।” दाङका बिरामीलाई बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सेवा दिने तयारी थालिएको उनको भनाइ छ । “अहिले दाङमा सुविधासम्पन्न अस्पताल नहुँदा उपचारका लागि बाहिरी जिल्ला सिफारिश भएर जानुपर्ने अवस्था छ”, उनले भने, “यसको अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।”

अहिले बालरोग विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ल्याब, आइसीयू, एक्सरे सेवा थप गरेको समेत बताए । डा खत्रीका अनुसार अब अस्पतालले सुत्केरी सेवा, जनरल मेडिसिन, गर्भ जाँच, पाठेघर तथा महिलामा सेतोपानी बग्ने, बेहोस बनाएर उपचार गर्नेलगायतका सेवाहरु शुरु भएका छन् । रासस

Share News