मलेसियामा एकैदिन भेटियाे १ सय ९० जनामा कोरोनाकाे संक्रमण

<p>मलेसिया । मलेसियाले आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण रिपोर्ट गरेको छ। यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ । मन्त्रालयले सबै मस्जिदमा आएका मानिस र उनीहरुसँग सम्बन्धित मानिसहरुलाई १८ दिन क्वारेण्टाईनमा राख्ने [&hellip;]</p>

मलेसिया । मलेसियाले आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण रिपोर्ट गरेको छ। यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ ।

यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ ।

मन्त्रालयले सबै मस्जिदमा आएका मानिस र उनीहरुसँग सम्बन्धित मानिसहरुलाई १८ दिन क्वारेण्टाईनमा राख्ने बताएको छ ।

मलेसियन स्वास्थ्य अधिकारीहरुले फेब्रुअरी २७ तारिखको दिन भएको उक्त धार्मिक कार्यक्रममा १६ हजार मानिस सहभागी भएको जनाएको छ ।

यसमा १४ हजार ५ सय जना मलेसियन रहेको बताईएको छ ।

Share News