काठमाडौ। भाररतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेनाकाे विषयलाई लिएर त्रसित हुनु नपर्ने बताएका छन् । उनले यसकाे उपचारमा तयार हुनु पर्ने तर त्रसित नहुनु पर्ने बताए ।
अहिले भइरहेकाे सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले साे कूरा बताएका हुन् । मोदीले कोराेना भाइरस (काेभिड १९) को महामारीसँग जुध्न सार्क देशका सबै देश मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
‘हामीले मिलेर तयारी गर्नुपर्छ, मिलेर काम गर्नुपर्छ र मिलेर विजय पाउनुपर्छू,तयार हुनु तर त्रसित नहुनु ’ उनले भने । उनले सामुहिक प्रयत्नका लागि अनुभव साटासाट गर्न आवश्यक भएकैले भिडिओ कन्फ्रेन्स आह्वान गरेको बताए।