सार्क भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले भनिन्: बल्ल सहकार्यको ढोका खुल्यो

<p>काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले सार्क देशहरुबीच साझा धारणा आवश्यक रहेको बताइन् । उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् । ‘हामीले नयाँ अस्पतालहरु छुट्याएका छौं,  हरेक जिल्लामा [&hellip;]</p>

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले सार्क देशहरुबीच साझा धारणा आवश्यक रहेको बताइन् ।

उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् ।

‘हामीले नयाँ अस्पतालहरु छुट्याएका छौं,  हरेक जिल्लामा बेड छुट्याएका छौं,  आवश्यक परे अस्थायी अस्पताल बनाउन तयारी गरेका छौं,’ उनले भनिन् ।

Share News