काठमाडौं । कारागारका कैदिबन्दीहरूले मेडिकेटेड सेफ्टि मास्क उत्पादन सुरु गरेका छन् । मकवानपुर जिल्लाको भीमफेदी गाउंपालिकामा रहेको क्षेत्रिय कारागारका कैदिबन्दीहरूले मास्क उत्पादन सुरु गरेका हुन ।
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट सजगता अपनाउन भीमफेदी कारागारमा मेडिकेटेड सेफ्टि मास्क उत्पादन गर्न थालेको हो । कारागार प्रमुख जेलर प्रकाश खनालले चार जना कैदीबन्दीले दैनिक दुई सय देखि तिनसयसम्म मास्क उत्पादन गर्दै गरेको र आबश्यकता अनुसार माग भएमा दैनिक पाँचसम्म उत्पादन गर्ने क्षमाता रहेको बताए ।
बजारमा ३० देखि ५० रुपैयाँमा बिक्री हुने मास्क कारागारले २० रूपैयामा नै बिक्र गर्न सक्ने खनालले बताए । कैदीले उत्पादन गरेको मास्क १ सय ५० प्रतिशत मूल्य सस्तो छ ।