सेञ्चुरी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा १० प्रतिशत छुट

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्धक – कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धार्थ [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रबन्धक – कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

Share News