काठमाडौं । बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले बुधबार आफ्नो सेवाको औपचारिक सुरुवात गरेको छ । सोही अवसरमा क्लिनिकले विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था सहित आफ्नो सम्पूर्ण निदान सेवाहरु सुरु गरेको छ ।
सन् २०१९ मा स्थापना भएको यस क्लिनिकले एक नवीन डायाग्नोस्टिक, अनुसन्धान तथा वेलनेश क्लिनिक स्थापना गर्नुका साथै किफायति दरमा नयाँ प्रविधिका साथमा उच्चमत गुणस्तरको मेडिकल सेवाहरु प्रदान गर्ने भएको छ ।
टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले उन्नत र उच्चस्तरिय प्रविधिको सेवा, रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ
प्याथोलोजी ल्याबले सबै आधारभूत जाचँहरु सम्बन्धी सेवा प्रदान गर्छ । अन्य डाइग्नोष्टिक सेवाहरु जस्तै इको कार्डियोग्राफी, एबिपि, होल्टर, इसिजी, पिएफटि, युरिया ब्रिथ टेष्ट एण्ड बिएमडी पनि उपलब्ध रहेको छ ।
यस क्लिनिकले बहिरङ्ग सेवा दिदै आइरहेको छ साथै, रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुको साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रीनीङ्गको प्याकेजहरु प्रदान गर्दै आइरहेको छ ।
बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुसरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । यस सँगै फार्मेसीले एक नियन्त्रित वातावरणमा औषधीहरूको सुरक्षा पनि सुनिश्चित गर्दै आइरहेको छ ।
क्लिनिकले यस क्लिनीकमा आउने बिरामी/असक्त महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै यातायात सुविधा पनि संचालन गरेको छ, जसले क्लिनिकका विमारीहरुको यातायातको आवश्यकताहरु व्यवस्थित गर्न मद्दत गर्नेछ ।
यो क्लिनिक विहान ७ बजे देखि राती ८ बजे सम्म खुल्छ ।
क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुनुहुनेछ । प्याथोलोजि सेवा पनि अन्र्तराष्ट्रिय मान्यता अनुरुप बरिष्ठ तथा अनुभवी प्याथोलोजिष्टहरुको निगरानीमा सञ्चालन भइरहेको छ । यसका साथै अन्य बहिरङ्ग (अेपिडी) सेवाहरु पनि साप्ताहिक तालिका अनुसार उपलब्ध हुनेछन् ।