अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउनुहाेस्- त्रिवि शिक्षण अस्पताल

<p>काठमाडौं । त्रिवि शिक्षण अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको छ । सुचना जारी गर्दै अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको हो । कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै अस्पतालमा बिरामीको चापलाई कम गर्नको लागि यस्ताे आग्रह गरिएकाे अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गीले बताए । मानिस स्वस्थ छ कि छैन भनेर [&hellip;]</p>

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको छ । सुचना जारी गर्दै अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको हो ।

कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै अस्पतालमा बिरामीको चापलाई कम गर्नको लागि यस्ताे आग्रह गरिएकाे अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गीले बताए ।

मानिस स्वस्थ छ कि छैन भनेर जाँचिने जेनरल हेल्थ चेकअपका प्याकेज र दिउँसो चल्ने क्लिनिक सेवा अर्थात ईएचएस सेवा हालको लागि बन्द गरिएको खड्गीले जानकारी दिए ।

‘अत्यन्त जरुरी आकस्मिक अवस्थामा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र आउनु हुन अनुरोध गरिन्छ । सम्पर्क फोन नम्बर मा उपलब्ध हुनेछ । जनरल हेल्थ सर्भिस (जिएचएस) तथा इएचएस सेवा हालका लागि स्थगित गरिएको छ । इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४ सै घण्टा सुचारु रहनेछ ।,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तिका ५ बुँदा
१. यस अस्पतालमा ज्वरो/रुघा/बोकी/स्वाशप्रस्वाशमा समस्या भएका बिरामीहरुका लागि ट्रिएज गर्न छुट्टै फिभर ओपिडी संचालन गरिनेछ। यस्ता लक्षण भएका बिरामी फिभर ओपिडीबाट आवश्यक परेको खण्डमा मात्र अन्य ओपिडीमा पठाइने छ।

२. अत्यन्त जरुरी आकस्मिक अवस्थामा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र आउनु हुन अनुरोध गरिन्छ। सम्पर्क फोन नम्बर वा www.tuth.org.np मा उपलब्ध हुनेछ।

३. इमर्जेन्सी तथा अर्जेन्ट बाहेक अन्य शल्यक्रियाहरु अर्को सूचना नभएसम्म लागि स्थगन गरिएको छ।

४. जनरल हेल्थ सर्भिस (जिएचएस) तथा इएचएस सेवा हालका लागि स्थगित गरिएको छ। इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४सै घण्टा सुचारु रहनेछ।

५. अस्पतालमा भर्ना भएका तथा उपचारार्थ आउने बिरामीहरुको कुरुवा तथा आफन्तहरुलाई हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न १ जना विरामीको लागि १ जना मात्र कुरुवा बस्न अनुरोध गरिन्छ। विस्तृत जानकारी www.tuth.org.np मा उपलब्ध गराइने छ।

Share News