कोरोना संक्रमणको अनुभवन साट्न चीनले नेपालसहित २२ देशसँग भिडियो कन्फरेन्स गर्यो

<p>काठमाडौं । चीनले नेपालसहित २२ देशसँग कोरोना भाइरस जोखिम न्यूनिकरणको लागि अनुभव आदान प्रदान गरेको छ । चीनले भिडियो कन्फरेन्समार्फत अनुभव आदान प्रदान गरेको हो । भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटानलगायत विभिन्न २२ देश सहमागी थिए । कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी [&hellip;]</p>

काठमाडौं । चीनले नेपालसहित २२ देशसँग कोरोना भाइरस जोखिम न्यूनिकरणको लागि अनुभव आदान प्रदान गरेको छ । चीनले भिडियो कन्फरेन्समार्फत अनुभव आदान प्रदान गरेको हो ।

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटानलगायत विभिन्न २२ देश सहमागी थिए । कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो ।

भिडियो कन्फ्रेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए ।

कोरोनाको उद्गमस्थल चीन भएपनि आफू कोरोना संक्रमणबाट मुक्त भएको चीनले घोषणा गरिसकेको छ । चीनले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो ।

Share News