बहराइनमा रहेका तीन जना नेपालीमा भेटियाे कोरोना सङक्रमण

<p>काठमाण्डौ । बहराइनमा रहेका  तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासले जानकारी दिएकाे छ । दूतावासका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको [&hellip;]</p>

काठमाण्डौ । बहराइनमा रहेका  तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासले जानकारी दिएकाे छ ।

दूतावासका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ ।

त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।

Share News